logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई दीर्घायु गुरु हस्पिटलमा विशेष छुट

    सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई दीर्घायु गुरु हस्पिटलमा विशेष छुट

    546
    SHARES
    सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई दीर्घायु गुरु हस्पिटलमा विशेष छुट

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको चाबहिलस्थित दीर्घायु गुरु हस्पिटल प्रालिमा विशेष छुट पाउने भएका छन्।



     

    सिटिजन्स बैंक र दीर्घायु गुरु हस्पिटलबीच छुट समझदारी भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले दीर्घायु गुरु हस्पिटलमा १०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

     

    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

     

    सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट