logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सन्दीप लामिछानेको मुद्दामा जाहेरीकर्ताकाे स्वास्थ्य परीक्षण गर्न चिकित्सक झिकाउन अदालतको आदेश

    सन्दीप लामिछानेको मुद्दामा जाहेरीकर्ताकाे स्वास्थ्य परीक्षण गर्न चिकित्सक झिकाउन अदालतको आदेश

    806
    SHARES
    सन्दीप लामिछानेको मुद्दामा जाहेरीकर्ताकाे स्वास्थ्य परीक्षण गर्न चिकित्सक झिकाउन अदालतको आदेश

    काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाण्डौ जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ ।



     

    आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउनू भन्ने आदेश दिएका हुन् । आइतबार वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो ।

     

    साथै आइतबारको इजलासले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश दिएको छ । यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई नै झिकाउन माग गरेका हुन् ।

     

    एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् । उनी थुना बाहिर रहेर कानुनी संघर्ष गरिरहेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २६ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट