काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सहमति जुटेको छ। सहमित अनुसार उमेशलाल श्रेष्ठले अन्जनलाई छोडेको हुन् ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले अर्का प्रतिस्पर्धी अन्जनलाई पुरै कार्यकालका लागि छोडिदिएको मुख्य निर्वाचन अधिकृत लिलामणि पौलले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारद्वय अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले सहमति गरेका हुन् । महासंघ निवर्तमान अध्यक्ष तथा पूर्वअध्यक्षहरु हालका वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारलाई सहमति गराउने कोसिस सफल भएको छ ।
पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले ५० प्रतिशत मतभार ल्याउन सकेनन् । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईले उम्मेदवारी दिएका थिए । उनीहरुले ५० प्रतिशत मतभार नपाएपछि बढी मत ल्याउने दुई उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच फेरि मतदान हुन लागेको हो । वरिष्ठ उपाध्यक्षको दौडमा रहेका संघई पहिलो चरणबाटै बाहिरिएका थिए ।
अर्थ चाैतारी ।