logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • कर्जा असुलीको सूचना निकाल्दा लघुवित्तले ऋणीको फोटो छाप्न नपाउने निर्णय

    कर्जा असुलीको सूचना निकाल्दा लघुवित्तले ऋणीको फोटो छाप्न नपाउने निर्णय

    988
    SHARES
    कर्जा असुलीको सूचना निकाल्दा लघुवित्तले ऋणीको फोटो छाप्न नपाउने निर्णय

    काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पनि कर्जा असुलीको सार्वजनिक सूचना प्रकाशित गर्दा ऋणीको फोटो सार्वजनिक गर्न नपाउने भएका छन् । केन्द्रीय बैंकले शुक्रबार ‘घ’ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त संस्थाहलाई जारी एकीकृत निर्देशन, २०७८ संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।



     

    एकीकृत निर्देशनको बुँदा १३ मा भएको कर्जा असुली सम्बन्धी कारबाही सम्बन्धी यसअघिको व्यवस्था परिमार्जन गर्दै बैंकले ‘कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन’ भन्ने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन । यसअघि केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई समेत यस्तो व्यवस्था गरेको थियो ।

     

    यद्यपि, एकीकृत निर्देशनको नं ३÷०७८ को बुँदा नं.२ को सम्बन्धी स्पष्टीकरणमा थप व्यवस्था गर्दै लघुवित्त वित्तीय संस्थाले कुनै ऋणीले एउटा प्रयोजन वा शीर्षकअन्तर्गत कर्जा उपभोग गरेको अवस्थामा बैंकले तोकेको सीमाभित्र रही अन्य थप शीर्षकमा समेत कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ३० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट