logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    923
    SHARES
    आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताएकी छन् ।



     

    गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा आजदेखि सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटनमा सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि देशको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको थालनी गरिने बताएका हुन् ।

     

    “गोरखा जिल्लाका लागि मात्र होइन, राष्ट्रका निम्ति अत्यन्त ठूलो योगदान पुर्याउने बूढीगण्डकी परियोजनालाई अर्को वर्षदेखि निर्माण अघि बढाइएको छ”, उनले भने, “बेनीघाट आरुघाट रुइला भञ्ज्याङ सडक निर्माण गरी चीनसँगको नाका खोल्नका लागि समेत सरकारले प्रस्ताव गरिरहेको छ ।”

     

    उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार जनताले अनुभूति गर्ने गरी विकास निर्माणका कामअघि बढाउन प्रतिबद्ध रहेकोसमेत बताए । “अहिले प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउने, यो परिवर्तनलाई माध्यम र साधन बनाएर नेपाललाई विकसित र सम्बृद्ध देश बनाउँदै जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्ने अहिलेको सरकारको अभिभारा हो भन्नेमा सरकार स्पस्ट छ”, उनले भने ।

     

    राजनीतिक परिवर्तनलाई जोगाउँदै सम्बृद्ध नेपाल बनाउनु अहिलेको सरकारको उद्देश्य रहेको उनको भनाइ छ । लामो सङ्र्घषपछि ठूलो बलिदानीका साथ युगान्तकारी राजनीतिक परिवर्तन भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयनका लागि आर्थिक र सामाजिक परिवर्तनमा तीव्रता दिनु आवश्यक रहेको औंल्याए ।

     

    “सबै जनताले परिवर्तनको प्रतिफल प्राप्त गर्नसक्ने र अनुभूति गर्ने गरी देशलाई विकास र सम्बृद्धिको दिशामा लैजानुपर्छ”, उनले भने, “देश बनाउने र विकास सम्बृद्धिको प्रतिफल आम जनताले उपयोग गर्न पाउने गरी काम गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट छ ।”


    अर्थ चाैतारी
  • आइतबार, ३ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट