logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहर

    काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहर

    1.4K
    SHARES
    काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहर

    काठमाण्डौ । काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहर भएको छ। हावाको गुणस्तर मापक सूचक एक्यूआई का अनुसार आइतबार दिउँसो विश्वको प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो नम्बरमा छ।



    केही दिनयता देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ। विभागका अनुसार काठमाडौं उपत्यकाको हावा प्रदूषित छ।

    एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने १०० भन्दा माथि भएमा सबैका लागि अस्वस्थकर हुन्छ। एक्यूआई ३०० भन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ।

    मंगलबार दिउँसो साढे २ बजे काठमाण्डौको एक्यूआई १७० छ। पहिलो सूचीमा रहेको तेहरान इरानको एक्यूआई ३२१ छ।

    मौसमविद् यसो भन्छन्

    देशभर अहिले तुवाँलो लागेकाले मौसम धुम्म छ । प्रदुषण र वन डढेलो कारक रहेको मौसम पूर्वानुमान विभागको ठम्माई छ । ठूलो हावाहुरी र पानी नपरेसम्म मौसम यस्तै रहने मौसमविद् रोजन लामिछानेले अर्थचौतारीलाई जानकारी दिए ।

    बिहान र वेलुकाको समयमा तुवाँलो बढी लागे पनि दिउँसोमा कम हुने उनको भनाई छ ।

     

    चिकित्सक यसो भन्छन्

    तुवालोका कारण बिशेष गरेर श्वासप्रश्वास, दम, नाक र आँखामा समस्या हुने चिकित्सक बताउँछन । भरतपुर अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डा. प्रमोद पौडेलले धुवा धुलो र प्रदुषणबाट बच्न सतर्कता अपनाउन आग्रह गरे ।

    उनले अहिले देखिएको तुवाँलोको समस्याबाट बच्न चस्मा, मास्कको प्रयोग गर्न र अत्यावश्यक काम बाहेकका काममा घरबाहिर नजान सुझाव दिए ।

     


    अर्थ चाैतारी
  • आइतबार, ३ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट