logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा विशेष छुट

    सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा विशेष छुट

    1.5K
    SHARES
    सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा विशेष छुट

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको नयाँबानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रालिबीच छुट सम्झौता भएको छ। यो सम्झौतासँगै अब सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अल्फा हेल्थ केयरमा विशेष छुट पाउने भएका छन्।



     

    समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले अल्फा हेल्थ केयरमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

     

    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ। सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट