logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • शंखरापुरमा ज्योति विकास बैंकको निःशुल्क महिला स्वास्थ्यशिविर

    शंखरापुरमा ज्योति विकास बैंकको निःशुल्क महिला स्वास्थ्यशिविर

    559
    SHARES
    शंखरापुरमा ज्योति विकास बैंकको निःशुल्क महिला स्वास्थ्यशिविर

    काठमाण्डौ । ज्योति विकास बैंकले शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा, काठमाण्डौमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ।



    उक्त शिविरमार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोषमार्फत शिविर आयोजना गरेको हो।

     

    पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो। जन स्वास्थ्य सरोकार ट्रष्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाण्डौ मोडेल हस्पिटल र किर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको होे।

     

    लप्सेफेदी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत बलदेव थापा, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, शंखरापुर वडा नं.०३ का वडा अध्यक्ष सूर्य बहादुर तामाङ लगायत विभिन्न संस्था तथा निकायका पदाधिकारीहरु, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीयहरुको उपस्थिति थियो।


    अर्थ चाैतारी
  • आइतबार, १० बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट