logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट

    प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट

    767
    SHARES
    प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट

    काठमाण्डौ । प्रभु बैंक लिमिटेड र कैलालीको धनगढी उपमहानगरपालिका २ स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।



     

    बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्ररत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेशराज जैसीले सम्झौतामा हस्ताक्षर गरे। प्रभु बैंक र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरद्धारा सञ्चालित ओ.पि.डी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यु.एस्.जी, एन्डोस्कोपी, नर्मल बेड, एच्.डी.यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु/एन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

     

    प्रभु बैंकका ग्राहकहरुले फार्मेसीबाट ५ प्रतिशत छुट पाउनेछन्। सम्झौता अन्तर्गत सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ।

    यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट