logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा १६ अंकको गिरावट, ८२ करोड २४ लाखको कारोबार

    नेप्सेमा १६ अंकको गिरावट, ८२ करोड २४ लाखको कारोबार

    689
    SHARES
    नेप्सेमा १६ अंकको गिरावट, ८२ करोड २४ लाखको कारोबार

    काठमाण्डौ । आइतबार १९ अंकले नेप्से घटेकोमा दोस्रो दिन पनि पुनः १६ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १६.९३ अंकले घट्दै १८ सय ३३.६९ अंकको विन्दुमा ओर्लिएको हो ।



     

    यद्यपि, अघिल्लो दिनको तुलनामा आज कारोबारमा भने केही वृद्धि भएको छ । नेप्सेका अनुसार आज १६ अंकले नेप्से घट्दै गर्दा यता ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

     

    अघिल्लो दिन १९ अंकले नेप्से घट्दै गर्दा जम्मा ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

     

    आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन समूहको उपसूचक २.४४ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक १.८९ प्रतिशतले घटेको छ ।

     

     

    वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज ८.०५ प्रतिशतले वृद्धि भएको छ भने स्टन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घट्न पुगेको छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, २५ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट