logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ

    हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ

    1.6K
    SHARES
    हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ

    काठमाण्डौ । सर्लाहीको हरिवन नगरपालिकाद्वारा स्वास्थ्य सेवा विस्तार योजनाअन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरिएको छ।



     

    टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमाया संगको भिडियो संवादमार्फत गरिएको थियो। नगरपालिकाको विशेषज्ञ सेवाअन्तर्गत डा. नरेन्द्र मैनालीले प्रत्येक महिना १०० भन्दा बढी बिरामीको चेकजाँच गर्दै आएका छन्।

     

    यस कार्यक्रम तेस्रो महिनासम्म आइपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरले मानसिक स्वास्थ्यसम्बन्धी चेकजाँच तथा निःशुल्क औषधि वितरण कार्य हुँदै आइरहेको छ। यसका साथै बालबालिकाको मानसिक रोगसम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भइसकेको छ। हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकशिक्षिकालाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ। १६४ जना मानसिक रोगिहरुको स्वास्थ्यजाँच गरी १०–१२ जना गम्भीर प्रकृतिका मानसिक रोगिहरुको पहिचान गरि थप उपचारका लागि सिफारिस गरिएको छ।

     

    यस कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गर्दै विशेषज्ञ डाक्टरहरु डा. अरुण कुँवर, डा. नरेन्द्र मैनाली, डा. ज्योति भट्टराई, डा. अमित झा, सिविन नेपालकातर्फवाट प्रविधिक सहयोग जुटाउने कुमार भट्टराई, तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने युवराज बुढाथोकीलगायत सम्बद्ध सबै पक्षलाई नगरपालिकाका तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २७ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट