logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • स्वास्थ्य शिविर संचालनको लागि ओम मेगाश्री फर्मास्युटिकल्स र सुदूरपश्चिम रोयल्सबीच सहकार्य

    स्वास्थ्य शिविर संचालनको लागि ओम मेगाश्री फर्मास्युटिकल्स र सुदूरपश्चिम रोयल्सबीच सहकार्य

    1.6K
    SHARES
    स्वास्थ्य शिविर संचालनको लागि ओम मेगाश्री फर्मास्युटिकल्स र सुदूरपश्चिम रोयल्सबीच सहकार्य

    काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र सुदूरपश्चिम रोयल्सको सहकार्यमा बृहत स्वास्थ्य शिविर अभियान संचालन हुने भएको छ । “स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प” भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको ओम मेगाश्री फर्मास्युटिकल्स र सुदूरपश्चिम रोयल्स बीच बृहत् स्वास्थ्य शिविर अभियान सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो।



    सम्झौतामा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका सञ्चालक अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गरेका छन्। यस सहकार्यबाट देशका विभिन्न क्षेत्रमा विशेष गरी मुटु रोग, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको प्रारम्भिक परीक्षण र परामर्श सेवा उपलब्ध गराउँदै जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

    खेलकुद लगायत समाजका अन्य क्षेत्रमा पनि सेवा गर्ने उदेश्यले सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम फाउन्डेसन स्थापना गरेको छ। ओम मेगाश्री र फाउन्डेसनको सहकार्यमा सुदूरपश्चिमका विभिन्न जिल्लामा निशुल्क स्वास्थ शिविर संचालन हुने भएको हो।

     


    अर्थ चाैतारी
  • मंगलबार, ३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट