काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले स्थानीयलाई ७ लाख कित्ता शेयर निष्काशन गरेकोमा आइतबार बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार १ हजार ७०९ जनाले यस कम्पनीको ६ लाख ९६ हजार ४२० कित्ता सेयर पाएका छन् । १० कित्तादेखि ७७० कित्तासम्म सेयर माग गर्दै आवेदन दिएका आवेदकहरुले मागेजति नै सेयर पाएका छन् ।
यस्तै, ८०० देखि ७ हजार कित्तासम्म सेयर माग गर्दै आवेदन दिएका आवेदकहरुले ७८० कित्ता सेयर पाएका छन् ।
७ लाखमध्ये बाँकी रहेको ३ हजार ५८० कित्ता सेयर ८०० देखि ७ हजार कित्तासम्म माग गरेर आवेदन दिएकामध्ये ३५८ जनालाई थप १०/१० कित्ताका दरले बाँडफाँड गरिएको छ ।
कम्पनीले २०८२ चैत्र ८ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयको लागि शेयर निष्काशन गरेको थियो ।
अर्थ चाैतारी ।