logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • बीपी राजमार्ग फेरि अवरुद्ध, यात्रुलाई सास्ती

    बीपी राजमार्ग फेरि अवरुद्ध, यात्रुलाई सास्ती

    182
    SHARES
    बीपी राजमार्ग फेरि अवरुद्ध, यात्रुलाई सास्ती

    काठमाण्डौ । बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ। गएराति भएको वर्षापछि रोसीमा आएको बाढीले सडकको डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रबिन बिष्टका अनुसार रोसी खोलामा आएको बाढीले काभ्रेको चारसयबेसी, घुमाउने, दाउन्ने, नार्केललगायत स्थानका डाइभर्सन बगाएको छ। बाढीले ह्युम पाइपसमेत बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।



    बाढीले बगाएको ठाउँमा फेरि अर्को डाइभर्सन बनाउन तीनवटा जेसीभीको सहायतामा काम भइरहेको छ। रोसी खोलामा बाढी आएपछि गएराति १२ बजेदेखि मङ्गलटार, भकुण्डे र काभ्रेभञ्ज्याङ लगायतका ठाउँमा सयाैँ सवारी साधन रोकिएका छन्। त्यसैगरि सिन्धुलीको नेपालथोकमा पनि सवारी साधन ‘होल्ड’ गरेर राखिएको छ।

    डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गर्न आइतबार दिउँसोसम्म कुर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ। २०८१ साल असोज १२ गते आएको बाढीले काभ्रेको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक क्षत विच्छद पाएको थियो। क्षतिग्रस्त खण्डमध्ये काभ्रेतर्फ चार र सिन्धुलीतर्फ एउटा ठेक्कामार्फत पुनर्निर्माण कार्य भइरहेको छ।

    डाइभर्सन मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने भएकाले सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा पनि प्रहरीले अनुरोध गरेको छ। सडकको अवस्थाको सम्बन्धमा जानकारी लिन १०० र १०३ मा सम्पर्क गर्न प्रहरीले सम्बन्धित सबैमा अनुरोध गरेको छ।

    सवारी अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्। सानो वर्षा हुँदा नै बीपी राजमार्ग अवरुद्ध हुने समस्याले विगत लामो समयदेखि यात्रुले सास्ती पाउँदै आएका छन्।


    अर्थ चाैतारी
  • आइतबार, ६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट