logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    507
    SHARES
    तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    काठमाण्डौ । बाँकेमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। घटनामा थप दुई जना घाइते भएका प्रहरीले जनाएको छ।



    कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज बिहान सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    गुलरिया-७ स्थित वन डिभिजन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर दिएको हो। दुर्घटनामा ५२ वर्षीय भूमि लामिछाने र उनका ५ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।

    दुर्घटनामा मृतक भूमिकी पत्नि सीता लामिछाने र अर्का स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    बिहानै योग गर्न आयुर्बेद अस्पताल जाने क्रममा सडक पार गरिरहँदा तीव्र गतिमा आएको एम्बुलेन्सले उनीहरूलाई एकसाथ ठक्कर दिएको हो।

    एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेका प्रहरीले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट