logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सामसङ बजारमा ल्यायो ग्यालेक्सी ए२४ एलटीई

    सामसङ बजारमा ल्यायो ग्यालेक्सी ए२४ एलटीई

    702
    SHARES
    सामसङ बजारमा ल्यायो ग्यालेक्सी ए२४ एलटीई

    काठमाण्डौ । सासमङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एउटा नयाँ अद्भुत फोनको संस्करण थप गरेको छ। यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटीई पेस गरेको छ। जुन ओक्टा–कोर प्रोसेसर जडित हुनुका साथै अधिक अद्भुत गुणहरुले भरपूर छ।



    यो नयाँ ग्यालेक्सी ए२४ एलटीईमा केही अद्वितीय विशेषताहरुलगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ। मोबाइलले १२८ जीबी र २३६ जीबीको आन्तरिक स्टोरेज ामतायुक्त ६ जीवी वा ८ जीबी र्यामका साथ काम गर्छ। यसका साथै यसमा भएको माइक्रो एसडी कार्डमार्फत १ टीबीसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ।

    ग्यालेक्सी ए२४ एलटीईको क्यामराका हकमा पृष्ठभागमा ५० एमपीको प्राइमरी क्यामरा जडित छ। जसलाई ५ एमपी अल्ट्रावाइड र २ एमपी म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन्। यसमा १३ एमपी सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआईएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ। यसका साथै, फोनमा छिटो चार्ज हुने टाइप सीको तारहरुसहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ।

    त्यसैले अब प्रयोगकर्ताले आफ्नोवरिपरिका अद्भुत दृश्यहरु क्याप्चर गर्दा र क्लिक गर्दा स्टोर वा समय समाप्त हुने चिन्ता लिन छाडे हुन्छ किनकि ग्यालेक्सी ए२४ एलटिइमा स्टोर गर्नका लागि प्रशस्त क्षमता छ। स्टोरको कुरा गरिरहँदा प्रयोगकर्ताले केही अद्वितीय एप र फिचरहरु पाउन सक्नेछन्। जुन प्रयोगकर्ताले फोनबाट प्राप्त गर्ने विशेषताहरुसँग राम्ररी मेल खान्छ।

    प्रयोगकर्ताले अब बजारमा उपलब्ध भएको नयाँ ग्यालेक्सी ए२४ एलटीई खरिद गरेर पूर्णतः नयाँ मोबाइलको अद्भुत अनुभव सँगाल्न सक्नेछन्। ६+१२८ जीबीको ग्यालेक्सी ए२४ को मूल्य रु. २ ८ हजार ९९९ कायम गरिएको छ भनें ८+१२८ जीबीको मोबाइल रु.३ १ हजार ९९९ मा उपलब्ध छ। यो एउटा त्यस्तो स्मार्टफोन हो, जुन अद्भुत बनावट र विशेषताहरुले युक्त छ र यो केही अद्वितीय पलहरुको सिर्जना गर्नका लागि पनि बनेको एउटा उपयुक्त उपकरण हो।


    अर्थ चाैतारी
  • विहिबार, २८ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट