logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एसियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२३’: यस वर्षका लागि ४ ट्रेन्ड घोषणा

    एसियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२३’: यस वर्षका लागि ४ ट्रेन्ड घोषणा

    780
    SHARES
    एसियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२३’: यस वर्षका लागि ४ ट्रेन्ड घोषणा

    काठमाण्डौ । एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२३’ आयोजना गरेको छ। जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल)लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरुको सहभागिता थियो।



     

    एसियन पेन्ट्सले वार्षिक रुपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ। जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरुको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ। यस कार्यक्रमका सहभागीले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड) पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ।

     

    वैशाख २७ गते हायात रिजेन्सी होटेलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख शिरीष राव र एसियन पेन्ट्स नेपालका प्रमुख (कन्ट्री हेड) जी गोपालकृष्णनको संक्षिप्त प्रस्तुति थियो। जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरुसँग एसियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो।

     

    कार्यक्रमको मुख्य आकर्षणका रुपमा एसियन पेन्ट्स ग्लोबलका ब्रान्ड प्रबन्धक मारिशा रेगो डिसुजाबाट यस वर्षका लागि ४ प्रवृत्ति (ट्रेन्ड) घोषणा गरिएको छ।

    – GOTHILICIOUS
    – SLEEP SENSE
    – EDGE OF FOREST
    – SHROOM
    यसैगरी आर्किटेक्ट माधव रमनले कलर अफ द इयर Silver Escapade का बारेमा प्रस्तुत गरे।


    अर्थ चाैतारी
  • विहिबार, २८ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट