logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • बिक्री आम्दानीसँगै युनिलिभर नेपालको नाफा ६९ प्रतिशत बढ्यो

    बिक्री आम्दानीसँगै युनिलिभर नेपालको नाफा ६९ प्रतिशत बढ्यो

    585
    SHARES
    बिक्री आम्दानीसँगै युनिलिभर नेपालको नाफा ६९ प्रतिशत बढ्यो

    काठमाण्डौ । युनिलिभर नेपालको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६९.०५ प्रतिशत बढेर ३७ करोड २६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।



     

    चैत मसान्तसम्म कम्पनीको बिक्री आम्दानी १९.१४ प्रतिशत बढेर १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । कम्पनीको तथ्याङ्क अनुसार कूल आम्दानी २०.२३ प्रतिशत बढेर २ अर्ब २ लाख भन्दा बढी रहेको छ । गत वर्ष यस अवधिमा १ अर्ब ६८ करोड २२ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो ।

     

    ९ महिनाको अवधिमा कम्पनीको कूल खर्च ९.२३ प्रतिशत बढेर १ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४१ लाख ७५ हजार रुपैयाँ कूल खर्च गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४०५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार १२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.१६ गुणा रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट