काठमाण्डौ । सेयर बजारमा सोमबार पनि झिनो अंकले ओरालो लागेको छ।
बजार आज ३.३४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८१८.३१ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंकले घटेर ३४९.०१ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर साढे ७२ करोड रुपैयाँको हाराहारीमा भएको छ।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५२ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ०.३४ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.३१ प्रतिशत र वित्त समूहमा ०.०७ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.६२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.५६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४९ प्रतिशत, जलविद्युत समूहमा ०.२४ प्रतिशत, लगानी र जीवन बीमा समूहमा समान ०.०९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशत र व्यापार समूहमा ०.३५ प्रतिशतको गिरावट आएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका २३ लाख ४१ हजार २४० कम्पनीका ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ३ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नागरिक लगानी कोषको २ करोड ४३ लाख रुपैयाँ, प्रभु बैंकको २ करोड २८ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड १९ लाख रुपैयाँ, नबिल बैंकको २ करोड २ लाख रुपैयाँ, अपी पावरको १ करोड ९५ लाख रुपैयाँ, हिमालय डिस्टिलरीको १ करोड ८८ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ७७ लाख रुपैयाँ र लक्ष्मी बैंकको १ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
यो दिन आत्मनिर्भर लघुवित्त र राप्ती हाइड्रोका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेका छ। आज सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
अर्थ चाैतारी ।