logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेयर बजारमा मंगलबार ३.२९ अंकले उकालो, ६४ करोड रुपैयाँ बढीको कारोबार

    सेयर बजारमा मंगलबार ३.२९ अंकले उकालो, ६४ करोड रुपैयाँ बढीको कारोबार

    689
    SHARES
    सेयर बजारमा मंगलबार ३.२९ अंकले उकालो, ६४ करोड रुपैयाँ बढीको कारोबार

    काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ। बजार आज ३.२९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८२१.६० को विन्दुमा उक्लिएको छ।  ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ।



    आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।

    यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.९९ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ०.८१ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.०५ प्रतिशत, वित्त समूहमा ०.३२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६७ प्रतिशत, जलविद्युत समूहमा ०.६५ प्रतिशत, लगानी समूहमा ०.३० प्रतिशत, जीवन बीमा समूहमा ०.१५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२२ प्रतिशत र व्यापार समूहमा ०.१५ प्रतिशतको बढोत्तरी भएको छ।

    आज अन्य समूह सर्वाधिक ०.८९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०९ प्रतिशतको गिरावट आएको छ।

    यो दिन नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका २० लाख ६३ हजार ७३७ कित्ता सेयर ६४ करोड १ लाख १७ हजार २६०.५२ रुपैयाँमा किनबेच भएका छन्।

    आज एनआईसी एसिया बैंकको सर्वाधिक ५ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको थियो। शिवम सिमेन्टको २ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकको १ करोड ६४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ करोड ६४ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ५० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ४१ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ करोड ३६ लाख रुपैयाँ र नागरिक लगानी कोषको १ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    यो दिन आत्मनिर्भर लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

    आज माई खोला हाइड्रोपावरको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट