logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • छैटौँ चेम्बर एक्स्पो बिहीबारबाट

    छैटौँ चेम्बर एक्स्पो बिहीबारबाट

    481
    SHARES
    छैटौँ चेम्बर एक्स्पो बिहीबारबाट

    काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाण्डौको भृकुटीमण्डपमा आगामी बिहीबारबाट सुरु हुने भएको छ । जेठ ४ गते देखि ८ गते सम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरूको प्रदर्शनी गरिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।



    छैटौँ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरूको बजारीकरणमा जोड दिईने अध्यक्ष राजेन्द्र मल्लले बताए । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरूले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ, ।’

    चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरू, घरेलु तथा खाद्यान्यका सामाग्रीहरू, जडीवुटी जन्य वस्तुहरू प्रदर्शनी गरिने चेम्बरले जनाएको छ । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरू समेत प्रदर्शनीमा राखिने छ । मेलाको करिब डेढ लाख जनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।

    मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामाग्रीहरूको स्टल रहनेछ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, २ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट