logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • स्थल मार्गबाट नेपाल आउने पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न अध्यक्ष ढकालको आग्रह

    स्थल मार्गबाट नेपाल आउने पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न अध्यक्ष ढकालको आग्रह

    780
    SHARES
    स्थल मार्गबाट नेपाल आउने पर्यटकलाई एकद्वार सेवा प्रदान गर्न अध्यक्ष ढकालको आग्रह

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई एकद्वार प्रणालीबाट सेवा दिन आग्रह गरेका छन् । अध्यक्ष ढकालले अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमानाकाहरुमा दुख पाएको गुनासो आएकोले समाधान निकाल्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।



     

    बिहीबार काठमाण्डौमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस्को ५४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘हाम्रा विभिन्न सरकारी निकायहरुबीच समन्वय नहुँदा भारतीय सिमानाकाबाट स्थल मार्गबाट आउने पर्यटकहरूले विभिन्न किसिमका झमेलाहरू झेल्न परिरहेको गुनासो आउने गरेको छ ।’ पर्यटकले दुख पाउँदा नराम्रो सन्देश जाने र नेपाल प्रति नकारात्मक धारणा बन्न सक्ने समस्या आउन सक्ने अध्यक्ष ढकालले बताए । उनले हरेक प्रदेशमा ठुला र नमुना पर्यटकीय गन्तव्यहरू निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह गरेका छन् ।

    काठमाण्डौको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै यस्तै किसिमका पूर्वाधारहरू सात वटै प्रदेशमा निर्माण गर्न मात्र सके पनि अहिलेको पर्यटक बसाइँलाई दोब्बर गर्न सकिने बताए । आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउन पर्छ भनेर अभियन्ताको रूपमा लागेको अध्यक्ष ढकालको भनाई छ ।


    अर्थ चाैतारी
  • विहिबार, ४ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट