logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेयर बजार ५१ अंकले नेप्से बढ्दा २ अर्ब २० करोडको कारोबार

    सेयर बजार ५१ अंकले नेप्से बढ्दा २ अर्ब २० करोडको कारोबार

    650
    SHARES
    सेयर बजार ५१ अंकले नेप्से बढ्दा २ अर्ब २० करोडको कारोबार

    काठमाण्डौ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । नेप्से सूचकमा आज एकै दिन ५० अंकमाथिको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५१.३१ अंकले बढ्दै १९ सय ४२ अंकको विन्दुमा उक्लिएको छ ।



    यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.८५ अंकले बढ्दै ३६७.७४ अंकको विन्दुमा उक्लिएको छ । उसो त आज सेयर कारोबार समेत बढेर २ अर्बमाथि गएको छ । ५१ अंकले नेप्से बढेको यस दिन २ अर्ब २० करोड रुपैयाँमाथिको ६० लाख ६७ हजार कित्तामाथि सेयर कारोबार भएको छ ।

    आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक क्रमशः ४.०५ प्रतिशत र ४.०३ प्रतिशतले बढेका छन् । निर्जीवन बीमा समूहको उपसूचक ३.९१ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ३.८० प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ३.८० प्रतिशतले बढेका छन् ।

    यसैगरी होटल तथा पर्यटन समूहको उपसूचक आज ३.४५ प्रतिशतले बढेको छ । आज तीन वटा कम्पनी कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज सनराइज फस्ट म्युचुअल फण्डको सेयर मूल्य २ प्रतिशत घटेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट