logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा ३४.१७ अंकले उकालो, ४ अर्ब १२ करोड ६७ लाखको कारोबार

    नेप्सेमा ३४.१७ अंकले उकालो, ४ अर्ब १२ करोड ६७ लाखको कारोबार

    767
    SHARES
    नेप्सेमा ३४.१७ अंकले उकालो, ४ अर्ब १२ करोड ६७ लाखको कारोबार

    काठमाण्डौ । मंगलबार बजार परिसूचक नेप्से ३४.१७ वृद्धि हुँदा २०२०.६७ अंकमा बन्द भएको छ । यसअघि १५ फागुन २०७९ मा नेप्से २०२३.५४ अंकमा बन्द भएको थियो भने १६ फागुनमा २०१९.९३ अंकमा बन्द भएको थियो । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.३२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक २.६४ प्रतिशतले वृद्धि भएको छ ।



     

    मंगलबार नेप्सेमा ४ अर्ब १२ करोड ६७ लाखको कारोबार भएको छ ।७० हजार ७५९ वटा कारोबारमा १ करोड ८ लाख १ हजार ६९३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

     

    जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ६७ लाखको कारोकार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १७ लाख ५१ हजार र आईएमई जनरल इन्स्योरेन्सको १६ करोड २७ लाखको कारोबार भएको हो । मंगलबार नेप्सेमा कुल २२३ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १९६ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै २२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ ।

     

    मंगलबार वीन नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा भूगोल इनर्जी र सिटी होटलको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ८.८० प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ८.२३ प्रतिशतले वृद्धि भएको छ । यता समंगलबार नै नयाँ उचाइ कायम गरेको युनिलिभरको सेयरमूल्य अन्तिममा ३.१४ प्रतिशतले घटेर बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य २.०१ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य १.४४ प्रतिशतले गिरावट भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट