logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • मोबाइल बैंकिङसँगै सदस्यहरुलाई क्यूआर सेवा प्रदान गर्दै मिर्मिरे लघुवित्त

    मोबाइल बैंकिङसँगै सदस्यहरुलाई क्यूआर सेवा प्रदान गर्दै मिर्मिरे लघुवित्त

    585
    SHARES
    मोबाइल बैंकिङसँगै सदस्यहरुलाई क्यूआर सेवा प्रदान गर्दै मिर्मिरे लघुवित्त

    काठमाण्डौ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना व्यवसायी ग्राहकका लागि क्यूआर सेवाको शुभारम्भ गरेको छ। केन्द्रीय कार्यालयमा भएको क्यूआर उद्घाटन कार्यक्रममा बनेपास्थित माँ चण्डेश्वरी व्युटीपार्लर सञ्चालक सिर्जना थापा फुँयाललाई संस्थाका अध्यक्ष टेकबहादुर बोहराले क्यूआर कोड हस्तान्तरण गरी सेवा शुभारम्भ गरेका हुन्।



    मिर्मिरे लघुवित्तका ग्राहकले यसअघि मोबाइल बैंकिङमार्फत कारोबार गर्ने सुविधा प्रयोग गर्दै आएकोमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले क्यूआर सेवासमेत सुरु गरेको हो। वितरण गरिएको क्यूआरमार्फत संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले पहिलोपटक भुक्तानी गरेका छन्।

    हाल संस्थाले देशभर १५१ वटा शाखा कार्यालयमा आवद्ध रहेका सदस्यहरुलाई मोबाइल बैंकिङ तथा एसएमएस सेवा प्रदान गर्दै आएको छ भने शाखाहरुबाट संकलित सदस्यहरुको क्यूआर कोड तयारी भई शाखाहरुमा पठाइएको छ। अहिले बजारमा प्रायः ग्राहकहरुले क्यूआर कोड खोजी गर्ने र समयको माग तथा सदस्यहरुको मागबमोजिम यस किसिमका सेवाहरु सञ्चालनमा ल्याउनका लागि आफूहरु प्रतिबद्ध रहेको प्रमुख कार्यकारी अधिकृत जोशीले बताए।

    क्यूआर कोडबाट सदस्यहरुले भुक्तानी लिन तथा अन्य ग्राहकहरुले भुक्तानी दिन सहज हुनुको साथै मिर्मिरे मोबाइल एपमार्फत वित्तीय कारोवारहरु, बजत विवरण बुझ्ने, किस्ता तिर्ने, बिलहरुको भुक्तानी गर्ने तथा खानेपानी तथा इन्टरनेटलगायतका शुल्कहरुसमेत भुक्तानी गर्न सकिने संस्थाका सूचना प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए। कार्यक्रम संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए।


    अर्थ चाैतारी
  • मंगलबार, ३० जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट