logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने नसच्याएसम्म मेयर बालेनले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने

    आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने नसच्याएसम्म मेयर बालेनले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने

    1K
    SHARES
    आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने नसच्याएसम्म मेयर बालेनले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाण्डौ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषण गरेका छन् ।



     

    बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने बताएका हुन् ।

     

    उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाण्डौ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’ मेयर साहले उक्त शब्द सच्याउन ३ दिनको समय दिएका छन् । उक्त फिल्म शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउँदै छ ।


    अर्थ चाैतारी
  • विहिबार, ३२ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट