काठमाण्डौ । कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसँग मिलेर सैनिक आवासीय महाविद्यालयलाई आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको परियोजना हस्तान्तरण गरेको छ । २३ मे २०२३ मा सुरुवात भई ८ जुन २०२३ मा समापन भएको उक्त संयुक्त परियोजना विश्व वातावरण महिनाको अवसर पारेर सैनिक आवासीय महाविद्यालयमा हस्तान्तरण समारोह आयोजित हस्तान्तरण गरिएको हो ।
१२०० भन्दा माथि विद्यार्थी भएको नेपाली सेनाद्वारा सञ्चालित प्रतिष्ठित यस महाविद्यालयमा दैनिक गतिविधिहरूका लागि भारी मात्रामा पानी आवश्यक हुन्छ । यस परियोजना मार्फत १२ ओटा बोतल फिलर धारा तथा ८ ओटा बब्लर फसेटलाई ४ ओटा वाटर स्टेसन र डुअल स्पाउट्ससँगै क्रमशः जोड्दै खानेपानी वितरणका लागि २ यु।एफ। फिल्टर उक्त स्थानमा जडान गरिएको छ । यस प्रोजेक्टले २५०० भन्दा बढी मानिसहरू लाभान्वित हुनेछन् । यस प्रोजेक्टले वार्षिक रूपमा ४,३५,४०० लिटरसम्म वाटर रिचार्ज गर्ने अपेक्षा गरिएको छ ।
यसको साथै आकाशे पानी सङ्कलन र ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) का बारेमा मोटिभेसनल तथा सचेतना सेसन पनि उक्त विद्यालयमा सञ्चालन गरिएको थियो । त्यसैगरी फिल्ट्रेसन सिस्टम मेन्टेनेन्सनका बारेमा ट्रेनिङ सेसन पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।
अर्थ चाैतारी ।