logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • दोस्रो दिन नेप्सेमा गिरावट, ४ अर्ब ७४ करोडको कारोबार

    दोस्रो दिन नेप्सेमा गिरावट, ४ अर्ब ७४ करोडको कारोबार

    598
    SHARES
    दोस्रो दिन नेप्सेमा गिरावट, ४ अर्ब ७४ करोडको कारोबार

    काठमाण्डौ । अघिल्लो दिन ५२ अंक माथिले बढेको नेप्से सूचक दोस्रो दिन झण्डै ३ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २.९४ अंकले घट्दै २ हजार ९१.३९ अंकको विन्दुमा ओर्लिएको छ ।



    यद्यपि, यता सेन्सेटिभ इन्डेक्स भने १.८२ अंकले बढ्दै ३९२.३८ अंकको विन्दुमा उक्लिएको छ । आज विकास बैंक, फाइनान्स, इन्भेष्टमेन्ट, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक ८ वटा उपसूचक ऋणात्मक भएका छन् । तथापि, कारोबारमा भने कमी आएको छैन ।

    कूल २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार कित्ता सेयर ६९ हजार १६८ पटक बजारमा किनबेच हुँदा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेन्ट्रल फाइनान्स, लक्ष्मी इकुईटी र माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लाग्न पुगेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट