logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • घोराही सिमेन्टको आईपीओ रोक्का, कम्पनीको शङ्कास्पद कारोबारको छानबिन हुने

    घोराही सिमेन्टको आईपीओ रोक्का, कम्पनीको शङ्कास्पद कारोबारको छानबिन हुने

    767
    SHARES
    घोराही सिमेन्टको आईपीओ रोक्का, कम्पनीको शङ्कास्पद कारोबारको छानबिन हुने

    काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने घोराही सिमेन्टको सम्पूर्ण निष्कासन प्रक्रिया रोक्का भएको छ । आईपीओका लागि तोकिएको समय सीमासम्ममा बिक्री कित्ता भन्दा दोब्बरले आवेदन परिसक्दा समेत थप तीन दिन म्याद थपेको आधारमा नेपाल धितोपत्र बोर्डले कम्पनीको आईपीओ बिक्री प्रबन्धक हिमाल क्यापिटललाई सार्वजनिक निष्कासन कार्य स्थगन गर्ने निर्देशन गरेको हो ।



     

    सार्वजनिक निष्कासन भएको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरीत भए नभएको बारेमा केयर रेटिङ नेपाल लिमिटेडलाई तीन (३) दिनभित्र स्पष्ट गरी पेस गर्न जेठ ३० गते पत्राचार गरेको थियो । तर केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म कुनै जानकारी पेस नगरी कुनै आधार बिना नै म्याद थपको लागि अनुरोध गरेको बोर्डको भनाइ छ ।

     

    साथै उक्त कम्पनीको सार्वजनिक निष्कासनमा माग भन्दा बढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत कम्पनीले सार्वजनिक निष्कासनको समयावधि थप गरेर सर्वसाधारण लगानीकर्ताहरू माथि जोखिम बढाएको बोर्डले जनाएको छ । लगानीकर्ताहरूको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णय गरिएको बोर्डले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट