logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्से परिसूचक ४ अंक उकालाे, साढे ३ अर्बकाे काराेबार

    नेप्से परिसूचक ४ अंक उकालाे, साढे ३ अर्बकाे काराेबार

    676
    SHARES
    नेप्से परिसूचक ४ अंक उकालाे, साढे ३ अर्बकाे काराेबार

    काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले बढेर बन्द भएको छ । दिउँसो साढे १२ बजेसम्म बढेपनि त्यसपछि घट्न थालेको नेप्से अन्तिम समयमा सामान्य बढेर बन्द भएको हो ।



    यससँगै, नेप्से परिसूचक २०५५ अंकमा पुगेर रोकिएको छ । परिसूचक बढेपनि आज १४७ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, ७४ कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य भने स्थिर कायम भएको छ ।

     

    परिसूचक बढेको दिन आज ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज ७ वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यसमध्ये ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ ।

     

    आज कारोबार भएका १३ मध्ये ४ समूहको सूचकमा मात्रै सुधार आउँदा समग्र परिसूचक बढेर रोकिएको छ । आज होटल, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहको सूचकमा उल्लेखनीय वृद्धि देखिएको छ । यीनै ४ समूहको सूचकमा सुधार आउँदा समग्र परिसूचक बढेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, ७ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट