logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शान्ति-सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्स संघले बुझायो सीडीयोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    शान्ति-सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्स संघले बुझायो सीडीयोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    1.4K
    SHARES
    शान्ति-सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्स संघले बुझायो सीडीयोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    काठमाण्डौ । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरुले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई ज्ञापन पत्र बुझाएका हुन्।



    पछिल्लो केही समयदेखि लघुवित्त वित्तीय संस्थाहरुविरुद्धमा केही व्यक्ति तथा समूहले लघुवित्तविरुद्धको संर्घष समिति नामको अवैधानिक समूहमार्फत संस्थाहरुकोे कार्यालयमा ताल्चा लगाउने, कर्मचारीमाथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीको मनोबल गिराउनेजस्ता अराजक गतिविधि भइरहेको जानकारी गराउँदै संघले देशका ७७ वटै जिल्लामा कर्मचारीहरुमार्फत ज्ञापनपत्र बुझाएका छन्।

     

    संघका पदाधिकारीले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरुमा त्रासको वातावरण सिर्जना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले विभिन्न समूहका कार्यक्रमलाई बन्द गराई लघुवित्तकर्मीलाई तत्काल शान्ति–सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नै ज्ञापनपत्र बुझाइएको हो। काठमाण्डौका प्रमुख जिल्ला अधिकारी उपाध्यायले यस घटनाप्रति ध्यानाकर्षण भएको र लघुवित्तको क्षेत्रमा जानकार रहेकोले त्यसको समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको आश्वासन दिए।


    अर्थ चाैतारी
  • सोमबार, ११ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट