logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • मंगलबार नेप्सेमा ५६.९४ अंकले उकालाे संगै ७ महिना यताकै उच्च विन्दुमा

    मंगलबार नेप्सेमा ५६.९४ अंकले उकालाे संगै ७ महिना यताकै उच्च विन्दुमा

    702
    SHARES
    मंगलबार नेप्सेमा ५६.९४ अंकले उकालाे संगै ७ महिना यताकै उच्च विन्दुमा

    काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंकले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ । २६ पुस २०७९ मा २१९०.४२ को विन्दुमा बन्द भएको नेप्से घटेर १८०७ सम्म झरी पुन सोही विन्दुमा पुग्न करिब ७ महिना लागेको हो ।



    ३ असारसम्म लगातार १० कारोबार दिन बढेको नेप्से त्यसपछि ३ कारोबार दिन नेप्सेमा गिरावट भएको थियो । तर, गत बिहीबारदेखि नै बढ्नु सुरु भएको नेप्से पछिल्लो ४ दिन लगातार बढ्दा १३५ अंक भन्दा माथिले वृद्धि भइसकेको छ ।

    बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ९.९३ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि ४.४४ प्रतिश्तले बढेका छन् । नेप्सेमा उच्च वृद्धि हुँदै गर्दा पनि व्यापार, उत्पादनमूलक र निर्जीवन बीमा कम्पनी उपसूचकमा भने गिरावट भएको छ । करिब १८०० अंकको विन्दुबाट नेप्से २२ अंक नजिक पुग्दा पनि लघुवित्त र वाणिज्य बैंकको सेयरमूल्य तुलनात्मक रुपमा न्यून बढेका छन् । अन्य क्षेत्रको तुलनामा सेयरमूल्य कम बढेको क्षेत्रमा मंगलबार लगानीकर्ताको आकर्षण देखिएको हो ।

    नेप्सेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि निरन्तर उच्च देखिएको छ । मंगलबारसम्म लगातार तेस्रो दिन पनि नेप्समो ५ अर्ब भन्दा माथिको सेयर कारोबार भएको छ । मंगलबार ८० हजार ३९८ वटा कारोबारमा १ करोड ३१ लाख ७ हजार ८० कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ४७ करोड ६३ लाखको कारोबार भएको छ । जसमध्ये स्वालम्बन लघुवित्तको सर्वाधिक २५ करोड १२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २२ करोड ६३ लाख र सोल्टी होटलको २२ करोड ४२ लाखको कारोबार भएको छ ।

    मंगलबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ३४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीका सेयरमूल्य स्थिर छ ।

    मंगलबार कारोबार भएकामध्ये ३३ कम्पनीको सेयरमूल्यमा बढेर सकासात्मक सर्किट मूल्यमा बन्द भएका छन् । जसमध्ये ३० वटा लघुवित्त कम्पनी छन् । यता सेयरमूल्य घट्नेमा भने सिक्लेस हाइड्रोपावर अगाडि देखिएको छ । कम्पनीका सेयर लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाउँदा राष्ट्रिय बीमा कम्पनीको लगानीकर्ताले २.४९ प्रतिशतले गुमाएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट