logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • मदन भण्डारी राष्ट्रिय पुरस्कार डा. मिङमार गेल्जेन शेर्पालाई

    मदन भण्डारी राष्ट्रिय पुरस्कार डा. मिङमार गेल्जेन शेर्पालाई

    715
    SHARES
    मदन भण्डारी राष्ट्रिय पुरस्कार डा. मिङमार गेल्जेन शेर्पालाई

    काठमाण्डौ । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डा.मिङमार गेल्जेन शेर्पालाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।



    ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानका गरीव, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेका समुदायलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरेको भन्दै मदन भण्डारी फाउण्डेशनले डा. शेर्र्पालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

    सोलुखुम्बुको सोलुदूधकुण्–४ का डा.शेर्र्पा मातृ मृत्युदर घटाउन, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम,टेलिमेडिसिन सेवा, असहायहरूका लागि हाडजोर्नी र अपाङ्गतासम्बन्धि उपचारकासाथै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि तथा स्वास्थ्य सामाग्री नियमित आपूर्ति गर्न बहुवर्षीय खरिद प्रणालीको शुरूवात गरेकाले पुरस्कृत गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

    यस्तै फाउण्डेशनले मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुुरस्कार मकवानपुरको हेटौँड–४ प्रतिभानगरका निरूकुमारी मगरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

    ३१ वर्षदेखि राष्ट्रिय अन्तर्रााष्ट्रयस्तरका खेलाडीको नयाँ पुस्ता तयार गर्ने कार्यमा निरन्तर योगदान पु¥याएकाले पुरस्कारले सम्मान गर्न लागिएको हो । पुरस्कारको राशी जनही १ लाख रुपैयाँ रहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट