logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • आज बकर इद, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना व्यक्त, देशभर सार्वजनिक बिदा

    आज बकर इद, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना व्यक्त, देशभर सार्वजनिक बिदा

    728
    SHARES
    आज बकर इद, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना व्यक्त, देशभर सार्वजनिक बिदा

    काठमाण्डौ । आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ यो पर्व मनाउँदै छन् । यस अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।



    राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । ।

    मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताए ।

    मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ ।

    राष्ट्रपति पौडेलले बकर इद पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, १४ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट