logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • पशुपतिनाथ मन्दिरमा जलहरी पुनर्स्थापना

    पशुपतिनाथ मन्दिरमा जलहरी पुनर्स्थापना

    754
    SHARES
    पशुपतिनाथ मन्दिरमा जलहरी पुनर्स्थापना

    काठमाण्डौ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा पुनः सुनको जलहरी राखिएको छ ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र परीक्षण गरेपछि १०७ किलोभन्दा बढी तौलको जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा पुनः स्थापित गरिएको हो ।

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको बताइएको छ ।

    कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार अख्तियारले नापतौल गर्न रुद्रगारेश्वरमा ल्याइएको जलहरी बुधबार साँझ मन्दिरमा लगेर पुनस्र्थापित गरिएको हो ।

    असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, १४ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट