logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा ५३ अंकको पहिरो, ५ अर्ब बढीको कारोबार

    नेप्सेमा ५३ अंकको पहिरो, ५ अर्ब बढीको कारोबार

    650
    SHARES
    नेप्सेमा ५३ अंकको पहिरो, ५ अर्ब बढीको कारोबार

    काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजार परिसूचक नेप्सेमा ५३ अंकमाथिको पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५३.७० अंकले घट्दै २ हजार ९७.२९ अंकको विन्दुमा ओर्लिएको हो ।



    आज सेन्सेटिभ इन्डेक्स समेत १२.२३ अंकले घट्दै ३९०.५२ अंकको विन्दुमा ओर्लिएको छ । ५३ अंकमाथिले नेप्से सूचक घट्दैगर्दा आज दोस्रो बजारमा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आज १३ वटै उपसूचक ऋणात्मक हुँदा सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ४.७५ प्रतिशतले घट्न पुगेको छ । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिर्जना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३२ प्रतिशतले घटेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १७ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट