logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने

    साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने

    858
    SHARES
    साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने

    काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक गाभिने भएका छन् । यी दुई कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सोमबार अन्तिम स्वीकृति दिएको हो ।



    सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले आगामी असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने गरी यी दुई कम्पनीलाई मर्जरको स्वीकृति दिएको जनाएको छ । मर्जर पश्चात् कम्पनीको नाम साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिडेट रहनेछ ।

     

    बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन, २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम दुई लघु वित्त कम्पनी मर्जरमा जान लागेकाले सर्वसाधारणका लागि जानकार दिइएको बैंकले जनाएको छ ।

    laghubitta marge news


    अर्थ चाैतारी
  • सोमबार, १८ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट