काठमाण्डौ । साताको कारोबारको देस्रो दिन शेयर बजारमा गिरावट आएको छ । आज २१ दशमलव ३२ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०७५ दशमलव ९७ विन्दुमा पुगेको छ ।
सोमबार २७६ कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ४ दशमलव १७ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८६ दशमलव ३५ विन्दुमा पुगेको छ ।
अर्थ चाैतारी ।