logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • यो शताब्दीको मध्यसम्म थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने

    यो शताब्दीको मध्यसम्म थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने

    806
    SHARES
    यो शताब्दीको मध्यसम्म थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने

    एजेन्सी । यो शताब्दीको मध्यसम्ममा थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने अनुमान गरिएको छ ।



    सन् २०२१ मा ८२ करोड ८० लाखभन्दा बढी मानिसले खाद्यान्न असुरक्षा र अभावको सामना गरेकामा जलवायु परिवर्तनको प्रभावले यो शताब्दीको मध्यसम्ममा थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने अनुमान गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

    राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जलवायु सङ्कटसँग जुझ्दा छोटो अवधिका लागि मात्र सोच्ने विश्वका नेताहरूको आलोचना गरे ।

    उनले मौसमी घटनाहरूले बालीनाली, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई नष्ट पारिरहेको भन्दै यसले समुदायको उत्थान र सहयोगका लागि काम गर्न कठिन बन्दै गएको बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट