logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • राजेशकाजी श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एसोसिएसन गठन

    राजेशकाजी श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एसोसिएसन गठन

    936
    SHARES
    राजेशकाजी श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एसोसिएसन गठन

    काठमाण्डौ । काठमाण्डौ पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुको भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एसोसिएसन गठन गरेको छ। व्यवसायी श्रेष्ठ भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थी हुन्। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष रहेका श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन्।



     

    वि.सं. २०३४ सालदेखि एसएलसी परीक्षामा सहभागी भानुभक्त मेमोरियल स्कुलबाट हालसम्म ७ हजार विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेका छन्। यस विद्यालयका विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी विदेशिएका छन्। सोही ब्याचका श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

     

    पूर्वविद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा भएको भेलाले तदर्थ समितिको उपाध्यक्षमा हर्षसागर तुलाधर, महासचिवमा नविनकुमार बर्मा र कोषाध्यक्षमा पुनिता रिमाललाई चयन गरेको छ। समितिका सदस्यहरुमा सुनिल गोर्खाली, कपिल लोहनी, मनोज ढुंगाना, आशिषभद्र खनाल र विश्वास खतिवडा रहेका छन्। एसोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्यासागर तुलाधर र सनातन रेग्मीलाई सल्लाहकारका रुपमा चयन गरेको छ। विद्यालयकी प्रधानअध्यापक ईश्वरी ढुंगानालाई आमन्त्रित सल्लाहकारका रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

     

    भानुभक्त मेमोरियल स्कुलको आसन्न ६० औँ वार्षिकोत्सव र एसएलसीमा सहभागिताको ५० औँ वार्षिकोत्सवलाई लक्षित गर्दै अल्मुनाई एशोसिएसन गठन गरिएको हो। एसोसिएसनले पूर्वविद्यार्थीबीच भाइचार सम्बन्ध स्थापित गर्ने तथा वार्षिकोत्सव लक्षित विभिन्न रचनात्मक कार्य गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए।


    अर्थ चाैतारी
  • मंगलबार, १९ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट