logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • हिमालय एअरलाइन्स्द्वारा इन्टरनेट बुकिङ्ग इन्जिनको सुरुवात

    हिमालय एअरलाइन्स्द्वारा इन्टरनेट बुकिङ्ग इन्जिनको सुरुवात

    1.1K
    SHARES
    हिमालय एअरलाइन्स्द्वारा इन्टरनेट बुकिङ्ग इन्जिनको सुरुवात

    काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ्ग इन्जिन (IBE) सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ्ग गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुनेछ ।



     

    यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने Union Pay र connectIPS   निकट भविष्यमा उपलब्ध हुने छन् । यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मुल्य खोजी, बुकिङ्ग व्यवस्थापन सहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिनेछ । एअरलाइन्स्ले ब्यागेज प्रि– बुकिङ्ग, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ्ग, संयुक्त सेवाहरू (combined services) चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ । साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाईन चेक-इन (online check-in) पनि गर्न सक्नेछन् ।

     

    यस नयाँ सेवाको सुरुवात भएकोमा एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, “हाम्रा ग्राहकहरू हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकहरूलाई बढीभन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौँ । त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरीे इन्टरनेट बुकिङ्ग इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ ।” यस नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकहरुलाई सहज रुपमा टिकट बुकिङ्ग अनुभव प्रदान गर्ने छ ।

     

    हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा
    हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स्का मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड (TCADIC) र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो ।

     

    हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।

     

    एअरलाइन्स्ले साउथ एशियन ट्राभल अवार्डस् (SATA) २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।

     

    सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स्ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (AEDs) जडान गरेको थियो । योसँगै एअरलाइन्स् (AEDs) जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स (OTP) र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स्ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स्को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स्का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २८ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट