logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा १२ अंकको गिरावट,३ अर्ब ३९ करोड रुपैयाँ बराबरको काराेबार

    नेप्सेमा १२ अंकको गिरावट,३ अर्ब ३९ करोड रुपैयाँ बराबरको काराेबार

    1.1K
    SHARES
    नेप्सेमा १२ अंकको गिरावट,३ अर्ब ३९ करोड रुपैयाँ बराबरको काराेबार

    काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२.६२ अंकको गिरावट आएको । यससँगै नेप्से परिसूचक २०८४.९३ अंकमा आएर रोकिएको छ । यो ०.६० प्रतिशतको गिरावट हो ।



    यसक्रममा आज ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ५४ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    परिसूचक घटेपनि आज ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सबैभन्दा धेरै मूल्य गिरावट आउने कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । यस्तै, सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको २३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यस्तै, आज कारोबारमा आएका तीन समूहको सूचक भने बढेको छ । आज बैंक, होटल र टुरिजम र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो । यसबाहेक अन्य १० समूहको सूचक भने घटेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २८ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट