logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित, महासचिवमा भुसाल दोहोरिए

    इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित, महासचिवमा भुसाल दोहोरिए

    676
    SHARES
    इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित, महासचिवमा भुसाल दोहोरिए

    काठमाण्डाै । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उनले २३८ मत पाएका छन् । अध्यक्षका लागि उनीसँगै चार जना लडेका थिए । उनका प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १४६ मत पाएका छन् । त्यस्तै कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत पाए ।



    इक्यानको महासचिवमा हालका महासचिव दिपकराज भुसाल नै निर्वाचित भएका छन् । शेषराज समूहबाट निर्वाचन लडेका उनले २५५ मत पाएका छन् । उनका प्रतिस्पर्धी वासुदेव दाहालले १६० मत पाएका छन् । उनी विष्णुहरिको प्यानलबाट महासचिवको उम्मेदवार बनेका थिए ।

    त्यस्तै, तीन जना उपाध्यक्षहरूमा एन्ड्रीयू पौडेल (लक्ष्मण) २२८ मत, भुवनबहादुर क्षेत्री १७२ मत र गीता शिवाकोटी १५२ मतसहित निर्वाचित भएका छन् । सचिवमा भवनाथ हुमागाई २६० मत र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा २०८ मतसहित आशिक कार्की र सहकोषाध्यक्षमा २१६ मतसहित विकल्पराज पोखरेल विजयी भएका छन् ।

    कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिएका छन् । निर्वाचनमा शेषराज समूहको बर्चश्व देखिएको छ । शेषराजलाई निवर्तमान अध्यक्ष प्रकाश पाण्डेको समर्थन रहेको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, ३१ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट