logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक दोहोरो अंकले बढ्यो, २ अर्ब ३७ करोडको कारोबार

    आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक दोहोरो अंकले बढ्यो, २ अर्ब ३७ करोडको कारोबार

    1.3K
    SHARES
    आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक दोहोरो अंकले बढ्यो, २ अर्ब ३७ करोडको कारोबार

    काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक दोहोरो अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन तर आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन आइतबार नेप्से सूचक १२.१६ अंकले बढ्दै २ हजार ९७.०९ अंकको विन्दुमा अडिएको हो ।



     

    १२ अंकमाथिले नेप्से सूचक बढेको यस दिन कूल २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँ बराबरको ७१ लाख ८४ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ । आज बैंकिङ, डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

     

    आज सबैभन्दा बढी म्युचुअल फन्डको उपसूचक २.०६ प्रतिशतले बढेको छ । सनराइज फोकस इक्युटी फनडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने लिवर्टी इनर्जीको सेयर मूल्य ५.९६ प्रतिशतले घट्न पुगेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ३१ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट