काठमाण्डौ । सोमबार सेयर बजार परिसूचक नेप्से ४७.०७ अंकले बढ्दै २१ सय ४४.१६ अंकको विन्दुमा उक्लिएको छ । अघिल्लो दिने यस्तो सूचक १२ अंकले बढेको थियो । आज २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.१४ प्रतिशतले बढ्दैगर्दा आज म्युचुअल फन्ड समूहको उपसूचक ०.४९ प्रतिशतले मात्र घट्न पुगेको छ । बीपीडब्लू लघुवित्त वित्तीय संस्था र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी धनवृद्धि योजना फन्डको सेयर मूल्य ८.३७ प्रतिशतले घट्न पुगेको छ ।
अर्थ चाैतारी ।