logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सूर्योदय वोमी लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमार क्यापिटल

    सूर्योदय वोमी लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमार क्यापिटल

    975
    SHARES
    सूर्योदय वोमी लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमार क्यापिटल

    काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ।संस्थाले ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँबराबरको एफपीओ ल्याउन लागेको हो।



     

    जसअनुसार संस्थाले १०० अंकित दरका कुल ४६ हजार ७२९.५४५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ। यसैबीच संस्थाले सर्वसाधारणहरुमा एफपीओ जारी गर्नका लागि कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

    बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सूर्योदय वोमी लघुवित्तबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

    सूर्योदय वोमी लघुवित्तको अधिकृत पुँजी रु. १ अर्ब, जारी पुँजी रु. ९१ करोड ५४ लाख ५५ हजार ४६३ र चुक्तापुँजी रु. ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रहेको छ। संस्थाले देशभर १९२ शाखामार्फत १ लाख ७१ हजारभन्दा बढी सदस्यलाई आफ्नो सेवा प्रदान गरिरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट