logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेयर बजारमा ६३ अंकले उकालाे, ४ अर्ब ३७ करोड बढीकाे काराेबार

    सेयर बजारमा ६३ अंकले उकालाे, ४ अर्ब ३७ करोड बढीकाे काराेबार

    1.5K
    SHARES
    सेयर बजारमा ६३ अंकले उकालाे, ४ अर्ब ३७ करोड बढीकाे काराेबार

    काठमाण्डौ । मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ । केन्द्रीय बैंकले बैंक व्याजदरसहित धरजग्गा, गाडीसँगै धितोपत्र कर्जा (मार्जिन लेन्डिङ) को जोखिमभारलाई केही परिमार्जन गर्ने बताएसँगै सेयर बजारले आक्रामक रुप धारण गरेको हो ।



    आज सेयर बजार परिसूचक नेप्से ६३.२४ अंकले बढ्दै २२ सय २७.१६ अंकको विन्दुमा उक्लिएको छ । यस्तै कारोबार समेत बढेर आज एकैदिन ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ ।

    आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक ४.९८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकिङ समूह ४.७८ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ४.१० प्रतिशतले बढेको छ । अन्य उपसूचकहरु १ प्रतिशतदेखि ३ प्रतिशतसम्मले बढेका छन् ।

    आज किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य दर्जन बढी कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले बढेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, ७ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट