logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • प्रभु क्यापिटलको टिकटक बनाए १० हजार जित्न सकिने

    प्रभु क्यापिटलको टिकटक बनाए १० हजार जित्न सकिने

    663
    SHARES
    प्रभु क्यापिटलको टिकटक बनाए १० हजार जित्न सकिने

    काठमाण्डौ । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि सेवासँगै ‘लोयल्टी पोइन्ट्स अफर’ साथै ‘रिफरल स्किम’ लन्च गरेको छ।



    यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको छ। यो योजना श्रावण मसान्तसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

    यस ‘टिकटक कम्पिटिसन’ अन्तर्गत सहभागीहरूले प्रभु क्यापिटल लिमिटेडको टिकटक एकाउन्टमा राखिएको जिंगलको ओर्जिनल साउन्डमा टिकटक बनाई ह्यासट्याग ह्यासप्रभुलोयल्टीएन्डरिफरल राखी पोस्ट गर्नुपर्ने हुन्छ।

    सबै भन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार जित्न सकिने प्रभु क्यापिटलले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ८ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट