logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • चर्चित कोरियन सिरिज अब डिशहोम गो एपमा पनि

    चर्चित कोरियन सिरिज अब डिशहोम गो एपमा पनि

    728
    SHARES
    चर्चित कोरियन सिरिज अब डिशहोम गो एपमा पनि

    काठमाण्डौ । डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउने भएको छ । कोरियन गीत तथा सिरिज युवा पुस्तामाझ लोकप्रिय छ ।



     

    नेपाली युवाको पनि रोजाइनमा पर्ने कोरियन गीत तथा सिरिजलाई अब डिशहोमले प्रशारण गर्ने भएको हो । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले ‘केवर्ल्ड’ च्यानल सुरु गर्दैछ ।

     

    ‘के–पप’, ‘माइ लिटिल वेबी’, ‘रिचम्या’, ‘किंङ इन द लभ’, ‘मेल्टिङ हार्ट’ जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमले च्यानल नम्बर ११३ मा प्रशारण गर्ने जनाएको छ । यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकका लागि उपलब्ध गराएइने छ ।

     

    साथै डिशहोम गो (ओटीटी) एपमा पनि यो च्यानल हेर्न सकिने कम्पनीले जनाएको छ । नेपाली टेलिभिजनका दर्शक माझ विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गरिरहेको डिशहोमले यस च्यानलमार्फत नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट