काठमाण्डौ । कक्षा ११ मा होटल म्यानेजमेन्ट (एचएम) पढ्ने विद्यार्थीका लागि चितवनको रत्ननगरमा रहेको पञ्चकन्या विद्या मन्दिर उत्कृष्ट गन्तव्य रुपमा परिचीत बन्दै गएको छ । २०७३ सालदेखि प्लसटू अध्यापन सुरु गरेको पञ्चकन्या विद्या मन्दिरले व्यवस्थित र सुविधायुक्त बातावरण तयार गरी होटल म्यानेजमेन्ट (एचएम)सँगै साईन्स (विज्ञान ) विषयमा पढाउन सुरु गरेको छ ।
२०४३ सालमा स्थापना भएको पुरानो शैक्षिक संस्थाको रुपमा रहेको पञ्चकन्या विद्या मन्दिरले होटल म्यानेजमेन्ट र साईन्स विषयका लागि छुट्टै संरचना तयार पारेको छ । एक्सप्लोर कलेजको नामवाट होटल म्यानेजमेन्ट र साइन्स विषय बढाउन सुरु गरिएको कलेजका निर्देशक मनोज अधिकारीले जानकारी दिए ।
चितवन शैक्षिक टुरिजमको रुपमा विकास भइरहेका बेला रत्ननगरमा व्यवस्थित र सुविधायुक्त संरचना बनाएर होटल म्यानेजमेन्ट विषयमा पढाईहुन थालेपछि बाहिरी जिल्लावाट समेत विद्यार्थीहरु अध्ययनका लागि चितवनको रत्ननगर पुगेका छन् । कालिकोटदेखि पूर्वी रुकुमवाट समेत विद्यार्थीहरु अध्ययनका लागि आएको कलेजका हस्पिटालिटी डाइरेक्टर भरत चालिसेले जानकारी दिए ।
एकै पटकमा ४३ जनाले पकाउन मिल्ने भाञ्जा कोठा, कलेजभित्रै व्यवस्थित बार, रेष्टुरेन्ट, हाउस किपिङ, बेकरी लगायतका सुविधाहरु छन् । यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई चितवन र अन्यका जिल्लाहरुमा भएका पाँचतारे होटलहरुमा प्रयोगात्मक कक्षाका लागि लैजाने गरेको चालिसेले बताए् ।
अर्थ चाैतारी ।